काठमाडौं ।गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समय लाग्ने बताएका छन्।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै गृहमन्त्री लेखकले त्यसका लागि तयारी अघि बढाइने बताए।
‘हामी चरणवद्ध रुपमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ। सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौँ। अर्को चरणमा हामी विषयहरूको पहिचान गर्छौँ। त्यसपछि सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ। विषयवस्तुहरुमा सहमति गरेर अनि मात्र संविधान संशोधन हुन्छ।’ गृहमन्त्री लेखकले भने, ‘यसमा समय लाग्छ। भोलिको पर्सि संविधान संशोधन हुने होइन। केही समयपछि, केही वर्षपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।’
उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको पनि बताए ।संविधानको समिक्षाका साथै बिषयबस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए। गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने बताए।
उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए। लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गरे। दलित समूदायको अधिकार स्थापीत गर्नका लागि थप कानून निर्माण गर्ने उनको भनाइ छ।उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे।




