पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की हिरासतमा रहेका लामिछानेलाई यसअघि दिएको ४ दिनको म्याद सकिएपछि प्रहरीले फेरी म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
रविमाथि अनुसन्धानका लागि यसअघि छैठौं पटक म्याद थप भइसकेको छ ।
रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।