काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जिम्मेवारी सम्हालेको पाँच महिनामै स्वास्थ्यको कारण राजीनामा गरेका हुन् ।
विगतमा नेपाल सरकारका सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो । अझै पनि अधिकारीको सेवा अवधि सकिन दुई बर्ष बाँकी नै छ ।




