काठमाडौं । नेपाली कांग्रेसपार्टीबाट निर्वाचित भएका गृहमन्त्री रमेश लेखकले बीआरआईमा अनुदान लिने विषयमा कांग्रेसले औपचारिक निर्णय गरेको बनाएका छन् । नेकपा एमालेले बीआरआईमा अनुदान नआए ऋणमा भएपनि लिने निर्णय गरेकाले त्यसलाई कांग्रेस स्वीकार नगर्ने निर्णय भएको गृहमन्त्री लेखकले स्पष्ट पारेका हुन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए । ‘कांग्रेसले यस अघि नै ऋणमा उक्त परियोजना नस्वीकार्ने निर्णय गरिसकेको उनले थप स्पष्ट पारे । उनका अनुसार एमाले र कांग्रेस उक्त विषयमा साझा धारणा निर्माण गर्ने बाटोमा अघि बढेको छ ।
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको प्रष्ट पारे । प्रधानमन्त्रीय प्रणालीमा रहेकाले प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा भएपनि आजसम्म उक्त विषयमा कुनै छलफल नै नभएको गृहमन्त्ती लेखकले बताए ।
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा सत्ता साझेदार दलमा पूर्ण विश्वास रहेको समेत गृहमन्त्रीले बताए ।




