राजनीति

बीआरआई परियोजनाबारे सभापति देउवा र प्रधानमन्त्रीबीच के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीका विषयमा सत्ताका दुई ठूला दलहरुबीच विभिन्न राजनैतिक समसामयिक विषयमाथि छलफल चलिरहेको छ । देशको समसामयिक राजनीतिक घटनाक्रम र कार्यान्वयका विषयमा समिक्षामा अहिले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले लागेका छन् ।

मंगलबार प्राविधिक कारण मन्त्रिपरिषद बैठक स्थगित गरेर सत्ता साझेदार दलका प्रमुख नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको थियो । उक्त छलफलमा हाल सरकारले गरेका कामको मुल्याङकण र मन्त्रिहरुको काम कर्तव्य जिम्मेवारीका विषयमा उनीहरुलाई ध्यानाकर्षण गराउने विषयमा छलफल भएको थियो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चीन भ्रमणमा जानका लागि तयार गरिने एजेण्डाहरुका बारेमा समेत छलफल भएको थियो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दुई महामन्त्रीसँग समसामयिक विषयमा छलफल गरेका थिए। विशेषगरी स्थानीय तहको उपनिर्वाचन कसरी प्रभावकारी बनााउने भन्ने विषयमा सभापति देउवाले महामन्त्रीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण तयारीमा कांग्रेसले ‘बीआरआई’ अन्तर्गतका ऋण परियोजना नस्वीकार्ने भएको छ । प्रधानमन्त्री ओलीले बीआरआई’ अन्तर्गतका ऋण परियोजनामा हस्ताक्षर गर्ने तयारी गरेपछि सभापति देउवाले प्रधानमन्त्रीको निर्णय अस्वीकार गरेको बैठकमा सहभागि भएका कांग्रेसका एक नेताले जानकारी दिए ।

सभापति देउवाले उक्त विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिसकेको स्रोतले जनाएको छ । पोखरा विमानस्थल अनुदानमा परिणत गर्ने कांग्रेसको तयारी छ । चीनले उक्त विमानस्थल निर्माणका लागि विगतमा दिने भने अनुदान किन रोकियो भन्ने विषयमा चीनलाई प्रश्न गर्न प्रधानमन्त्रीलाई सभापति देउवाले सुझाव दिदैँ आएका छन् ।

मंगलबारको बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता संयन्त्रका संयोजक पूर्णबहादुर खड्का, पार्टीका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सहभागिता जनाएका थिए ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण तयारीका एजेन्डाहरुमा छलफल भएको मुख्य सल्लाहकार रिमालले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी ओलीले २०१६ मा चीनसँग गरेको सम्झौताका बारेमा भएका विभिन्न सम्झौताको प्रगति र कार्यान्वयनका बारेमा बुँदागत रुपमा अध्ययन गर्ने कार्य जारी छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको टिक्का टिप्पणीका विषयमा छलफल गर्दै उनले एमाले कांग्रेससँग नजिक भएको बताए । प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका विषयलाई लिएर सरकार परिवर्तन गर्ने विषय औचित्यविहीन भएको बताएका छन् ।

मंगलबारको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा छलफल भने नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओली मंसिर १७ मा चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री आरजु राणा प्रधानमन्त्रीको चीन भ्रमणअघि नै चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले दुर्गा प्रसाई लगायत विभिन्न व्यक्तिले सोसल मिडियाको आडमा फैलाएका अराजकता र भ्रमपूर्ण गतिविधि रोक्न सरकार लाग्नु पर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *