राजनीति

सभापति देउवा र महामन्त्रीको भेटमा समसामयिक विषयमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । मंगलबार बिहान ९ः३० देखि करिब एक घण्टा चलेको छलफलमा आसन्न उपनिर्वाचन, उमेदवारको छनोट, उनीहरूको आफ्नो क्षेत्रमा प्रभाव र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।

सभापति देउवाले मन्त्रिपरिषद्को पुनर्गठनको विषय बाहिर हल्लामात्र चलाइएको बताएको महामन्त्री थापाले बताए । कांग्रेसबाट सरकारमा सहभागी मन्त्री हेरफेरको विषयमा पनि कुनै सोच नरेहेको महामन्त्री थापाले बताए । सभापति देउवाले समय डडेलधुरातिर रहेकाले उपनिर्वाचनसहितका विषयमा अपडेट लिन र केही सुझाव दिने प्रयोजनका लागि बैठक बोलाइएको महामन्त्री थापाले बताए ।

सभापति देउवा डडेलधुराका गाउँगाउँ घुमेर काठमाडौं फर्किएपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूका कार्यको समीक्षाबारे छलफल भएको थियो । तर आजको बैठकमा सभापति देउवाले त्तत्काल मन्त्री परिवर्तन गर्ने विषयमा कुनै तयारी नभएको बताएको महामन्त्री थापाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *