राजनीति

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन नेता तथा कार्यकर्तालाई शेखर कोइरालाको निर्देशन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तालाई कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी एकजुट भएर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटघाटका क्रममा डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने क्षमता राख्ने बताए ।

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनको लागि जनताका मुद्धामा रहेर जनताको मन जित्ने काम गर्दै जानुपर्ने त्यसका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले बताए । १५ औँ महाधिवेशनपछि आगामी निर्वाचनमा धनि गरिब सबैले निर्वाचनमा भाग लिन पाउने वातावरण सिर्जना हुने डा. कोइरालाले बताए । उनले इमानदार र योग्यहरूले अवसर दिने नेतृत्व महाधिवेशनबाट आउने बताए। पछिल्लो समय कांग्रेस नेता तथा कार्यकर्ताहरु पनि एकल बहुमत ल्याउन नसक्दा अन्य पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यताले दिक्क भइसकेकाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने वातावरण सिर्जना गर्ने किसिमका क्रियाकलापमा सक्रिय हुँदै गएका छन् । पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने वातावरण सिर्जना गर्न जनताका हितका लागि पार्दर्शी ढङ्गबाट काम गर्दै अगाडी बढ्न सकेमा जनताले सजिलै निर्वाचनमा भोट हाल्छन् ।

उक्त भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सांसद सीता मिजारलगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने प्रतिवेदन पारित गरेपछि माओवादी केन्द्र र नेकपा एमालेले पनि एक्लै निर्वाचनमा लडन जिकिर गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *