देश

प्रधानन्यायाधीश राउतद्धारा शपथ ग्रहण,को हुन प्रधान न्यायाधीश राउत ?

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा सर्वोच्च अददलातका प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि आज नै राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

को हुन प्रधान न्यायाधीश राउत ?


२०१७ चैत १८ गते उदयपुर जिल्लामा जन्मिएका राउतले कानूनमा स्नातक गरेका छन् । उनले २०३९ सालदेखि कानून व्यवसायीका रुपमा वकालत गरेका थिए। राउतले अधिवक्ता र वरिष्ठ अधिवक्ताका रूपमा करिब ३३ वर्ष अर्थात् २०७२ सालसम्म वकालत र बहस पैरवी गरेर कानून व्यवसायलाई निरन्तरता दिएका थिए।

राउत सर्वोच्च अदालत बार एशोसिएशन र नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए । साथै उनले नेपाल बार एसोसिएसनको संवैधानिक समितिको संयोजक भएर पनि काम गरेका थिए।


 प्रधान न्यायाधीश राउत देवानी, फौजदारी, संवैधानिक कानूनका ज्ञाता, यी मुद्दा र रिटमा विशेष दख्खल राख्छन् । यसबाहेक राउतसँग विभिन्न निजी एवं सार्वजनिक संस्थाहरूमा कानूनी सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ। राउत सर्वाेच्च अदालतको न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए।


  राउतको सर्वाेच्च अदालतमा ०८१ असोज २० देखि ०८२ चैत १७ सम्म नेतृत्व गर्ने छन। सर्वाेच्चमा ८ वर्ष न्यायाधीश हुँदा उनी कुनै पनि विवादमा मुछिएका थिएनन् । लोकतान्त्रिक विचार र कांग्रेस निकट रहेका मानिएका प्रधान न्यायाधीश राउतलाई अत्यन्तै सकृय, तुलनात्मक रूपमा इमानदार, न्यायिक र अनुभवी प्रधान न्यायाधीश मानिन्छ ।

उनको डेढ वर्षे कार्यकालमा न्यायिक क्षेत्रमा पेशी, तारिख, बयान, वकपत्र, फैसला, पूर्णपाठ फैसला लेखनदेखि फैसला कार्यान्वयनका क्षेत्रमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ।


  साथै तिनै तहका न्यायाधीशको नियुक्ति र सिफारिस संविधान र कानून अनुसार समयमै योग्य, क्षमतावान, इमानदार र अनुभवीलाई  गर्ने, उच्च अदालत र जिल्ला अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, रजिष्ट्रार, सह रजिष्ट्रार, उप रजिष्ट्रार, श्रेस्तेदार र अन्य कर्मचारीहरूको निप्पक्ष र न्यायिक सरूवा गर्ने अपेक्षा गरिएको छ । तर यसमा उनी कति सफल हुन्छन्, त्यो त आगामी दिनमा उनले खेल्ने भूमिका, जिम्मेवारी लिने सुधारका कामले नै बताउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *