खेलकुद

स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दियो, सन्दीपले लिए ४ विकेट

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबार भएको खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको अर्धशतक बनाए । ६२ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै फिनले म्याकक्रियाथले ३५ रन र मिचेल इङ्ग्लिसले अविजित ३४ रनको योगदान दिए ।

नेपालका बलरमध्ये लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे ।

त्यसैगरी करण केसीले २ विकेट र नन्दन यादवले पनि २ विकेट लिए । ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोहित पौडेलले विकेट लिन सकेनन् ।

अब केही बेरमा नेपालले २४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *