राजनीति

सुप्रिम र सूर्यदर्शन सहकारी घोटालामा संलग्न हुनेलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले कास्कीको सूर्यदर्शन र चितवनको सुप्रिम सहकारी घोटालामा संलग्न हुनेलाई कारबाही गर्न माग गरेको छ । नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राईलाई कारबाही गर्न माग गरेको हो।

लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ।

नेविसंघले रास्वपाका सांसदसमेत रहेका लामिछानेको राजीनामासमेत मागेको छ।बुधबार अधिवक्ता युवराज सफलले सहकारी घोटालामा संंलग्न रहेको भन्दै लामिछाने र राईलाई कानुनअनुसार कारबाही गर्न उजुरी दर्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *