देश

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो । तीन वटा सवारी साधनका ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सुरुमा उपचारका लागि बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा लगिएकोमा तीन जना डिस्चार्ज भएका र ३४ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुई वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *