राजनीति

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । 

अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु भएको हो । 

बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने जनाइएको छ । 

सिट बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निर्णय गरेको छैन । कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका छन् । गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *