रिबन

ओलीले यसरी नारायणकाजीको झाको झारे

काठमाण्डौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाइ समेत थाह नदिइ सुटुक्क एमाले अध्यक्ष केपी ओलीलाइ भेटेका नारायणकाजी श्रेष्ठ वालकोटबाट निराश भएर फर्केका छन । वाम एकताको लागि तालमेल मिलाउन उनी वालकोट पुगेका थिए । प्रचण्डले पार्टी छाडने भए छाडे हुन्छ भनेर कडा प्रहार गरेपछि मर्माहत भएर वसेका श्रेष्ठ एमाले अध्यक्ष ओलीसंग भेटेर एकताको प्रस्ताव गरेका थिए । तर उनले ओलीलाइ भेटनु अघि नेकपा एकिकृत समाजवादीका नेता वलराम वास्कोटालाइ भेटेर सल्लाह समेत मागेका थिए । उनले निकै उत्साहित भएर ओलीलाइ भेटेका थिए । तर,ओलीसंगको भेटमा श्रेष्ठले सोचे जस्तो सकारात्मक जवाफ भने पाएनन । स्रोतका अनुसार,ओलीले श्रेष्ठलाइ पहिला आफु माथि लगाएको आरोपपत्र फिर्ता लिन भनेका थिए । नेकपा रहदै प्रचण्ड–माधव समुहले ओलीलाइ दक्षिणपन्थी भन्दै संघिय ब्यवस्था खान लागेको आरोप लगाउदै १९ पेज लामो आरोप लगाएका थिए । ओलीले यसलाइ फिर्ता लिनु पर्ने र माफी माग्नुपर्ने वताएका छन । उनले यसो भनेपछि दुइ घण्टासम्म वालकोटमा वसेपनि खास प्रगति भने भएन । भेटपछि श्रेष्ठले निकटस्थलाइ भेटेर ओलीको पारो अझै नझरेको वताएका छन । उनले ओलीसंग अझै केही समय कुरा गर्नुको अर्थ नरहेको उनको ठम्याइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *