देश

लालीबजार’ चलचित्र प्रदर्शनको बाटो खुल्यो

काठमाडौँ । चलचित्र ‘लालीबजार’को प्रदर्शनको बाटो खुलेको छ ।

चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपाली वादीले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो । अदालतले तत्काल चलचित्र प्रदर्शन रोक्ने आदेश दिन अस्वीकार गरेसँगै ‘लालीबजार’ प्रदर्शन गर्न बाटो खुलेको छ ।

यसअघि गत १५ गते अदालतले चलचित्रको प्रदर्शन रोक्न आदेश दिएको थियो । सो आदेशपछि १८ गतेबाट प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।

 

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *