मुख्य समाचार

एक व्यक्तिको सनकका कारण विद्युत प्राधिकरणलाई करोड बढि घाटा

काठमाडौं । त्रिशुली थ्री ए को प्रसारण लाइनको तारमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई उद्धार गरेको हो । सेनाको टोलीले प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको जनाइएको छ ।

नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा नुवाकोटका माइला बिक झुन्डिएपछि दिनभर आयोजना बन्द गर्नुपर्दा एक करोड रुपैयाँ बढीको क्षति पुगेको छ । दिनभर प्रशारण बन्द गर्दा नेपालको बिजुली प्रणालीको व्यवस्थापन गर्न भारतबाट बिजुली किनिएको प्राधिकरणले जनाएको छ । बिहान ११ बजे माइला विजुलीको तारमा झुण्डिएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरुले फैलाउने भ्रम चिर्न एमालेका पक्षमा गीत संगीत रचना गर्न आग्रह गरेका छन् । एमाले निकटका कलाकाहरुलाई अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधनका बीच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताएका छन् । चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिमको समापन गर्दैसीमित स्रोत साधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताए ।

पूर्वराष्ट्रपति डा .रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको बताए ।

प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए ।

नेपाली युवा क्रिकेटर मोहम्मद आदिल आलम अन्सारीले अमेरिकाविरुद्धको खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । अमेरिकामा केहीबेरअघि शुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले डेव्यु गरेका हुन् ।

अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *