काठमाडौं । स्थानीय निर्वाचनमा २०७९ मा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको छ । वडा अध्यक्षमा प्राप्त गरेको मतको आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको हो ।
हालसम्म निर्वाचन भएका ७ हजार ६ सय ३३ वडा अध्यक्ष मध्ये २ हजार ६ सय ६५ स्थानमा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन । ३९ प्रतिशत कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन । नेपाली कांग्रेसका वडाध्यक्षले ३८ लाख ८३ हजार १ सय ३८ मत प्राप्त गरेका छन । एमालेका वाडाध्यक्षले पाएको मत भन्दा कांग्रेसले १ लाख ७५ हजार ७६ मत बढी पाएको छ ।
निर्वाचन सम्पन्न भएका ७ सय ५२ स्थानमध्ये प्रमुख पदमा ३ सय २९ स्थानमा नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसल १ सय ८८ अध्यक्ष र १ सय ४१ प्रमुख पदमा जित हात पारेको हो । कांग्रेसले करिव ४४% मा स्थानमा प्रमुख जितेको छ ।
७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा कांगेसका उम्मेदवार निर्वाचिन भएका छन । ४० प्रतिशत स्थानमा उपप्रमुख निर्वाचित भएका हुन ।
कांग्रेसले गठन गरेको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयाेजक प्रदिप पाैडेलले स्थानीय निर्वाचन २०७९ को अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षणको स्थलगत कार्य समेत सम्पन्न गरी नेपाली कांग्रेसका उपसभापति तथा स्थानीय निर्वाचन परिचालन समितिका संयोजक श्री पुर्ण बहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएकाे हाे ।
यस्तो छ प्रतिवेदन :




