रिबन

यो घर रामकुमारी कै हो त ?

काठमाण्डौं । सोमवार दिनभर यो घर सहरी विकास मन्त्री रामकुमारी झाक्रीको भनेर प्रचार भयो । सामाजिक सञ्जाल फेसवुकमा अचानक प्रचरमा आएको यो घरको वारेमा अनेक कथाहरु जोडिए । कमेन्ट र शेयर गर्नेहरुले मन्त्री भएको ६ महिनामा नै आलिशान वंगाला देखि रंग गर्ने वेलामा मन्त्रीबाट खुस्किइन झाक्री भनेर लेखेको भेटियो । तर,के यो घर सहरीविकास मन्त्री रामकुमारी झाक्रीकै हो त ?
नेकपा एसबाट मन्त्री सहरी विकास मन्त्री भएको करिव ८ महिना हुन लागेको छ–रामकुमारी झाक्रीको । जन्मघर गुल्मी भएकी झाक्री अहिले मन्त्री भएपनि वानेश्वरमा वस्छिन । विवाह गरेर शंखमुलमा वस्ने गरेकी झाक्रीका पति सरकारी कर्मचारी हुन । सार्वजनिक अभिब्यक्तिका कारण चर्चामा आइरहेन पात्र हुन झाक्री । पछिल्ला छिमलका युवा नेताहरुमा निडरको छवि उनले वनाएकी छिन ।
तर उनकाे घर भनेर विना चाम्सले फेसवुकमा लेखेपछि यसलाइ अरुले पनि शेयर गरेकाे देखिन्छ।

तर,घटनाक्रमको अध्ययन गर्दा झाक्रीको भनिएको घर नेपालमा नभइ विदेशमा वनेको भनेर देखिन्छ । ठाउ नखुलेपनि दक्षिण भारतमा वन्दै गरेको घर भनेर वुझन सकिन्छ । तर,यसैलाइ मन्त्रीको नया घर भनेर फेसवुकमा लेखेको देखेपछि झाक्रीका पति पशुपति पुरीले यसवारेमा स्पष्टिकरण दिएका छन ।उनले भनेका छन-

यो तस्विर विन्नी चाम्स भन्ने ब्यक्तिको ट्विटरमा ट्वीट गरिएको छ भने खगेन्द्र संग्रौला भन्ने मानिसको ट्वीटरमा रिट्वीट गरिएको छ । घरको वास्तविकता संगै रहेको फोटोमा देखिन्छ । मेरो बारेमाः स्थायी घर धनकुटा । पिताजी सेवानिवृत्त शिक्षक(४० वर्ष शिक्षण पेशा) । हामी ५ जना दाजुभाई, १ जना दिदी । हामी ५ जना दाजुभाई र ४ वटी बुहारी(राम कुमारी बाहेक) सरकारी सेवामा छौं । काठमाडौको शंखमुलमा २०६० सालमा बनाएको घर छ, त्यसैमा बस्छौं । म, श्रीमती ( राम कुमारी) र एउटा छोरो भुँइतलामा बस्छौं । बास्तविकता नबुझी जथाभावि लेख्ने यो खगेन्द्र संग्रौला र विक्की चाम्स भनिने मानिसलाई के कारवाही गर्दा उपयुक्त होला ? सुझाव पाउँन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *