रिबन

मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, किन भयो स्थानीय निर्वाचमा धाँधली ?

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी–१ लखौरी गाउँमा मतदानको मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेको थियो ।

धनौजी–३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *