रिबन

कांग्रेसले भन्यो – बागी उम्मेदवार स्वतः निश्कासन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका र उनीहरूका प्रस्तावक तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी उम्मेदवार र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम स्वतः समाप्त भएर निष्कासन भएको जनाएको हो ।

कांग्रेसले विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरूलाई निर्देशन समेत दिएको छ ।

यसअघि कांग्रेसले बागी उम्मेदवारी दिएकाहरुले बैशाख २१ गतेसम्म उम्मेदवारी निश्क्रिय बनाए कारबाहीमा पुर्नबिचार गर्ने बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *