रिबन

चितवनमा कांग्रेस कार्यकर्ताले गरे आफ्नै पार्टी कार्यालय तोडफोड

चितवन । आसन्न स्थानीय तह निर्वाचनको ‘इपिसेन्टर’ चितवनमा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका छन् । चितवनको पूर्वी रत्ननगर नगरपालिकामा गठबन्धन दलहरुबीच विवाद बढिरहँदा कांग्रेस कार्यकर्ताको आक्रोश बढेको हो । वडा तह बाँडफाँटमा गठबन्धन दलहरुबीच असन्तुष्टि बढिरहेकाले बेला कांग्रेसको आक्रोश तोडफोडसम्म पुगेको हो ।

बाँडफाट गर्दा वडा नम्बर-१२ माओवादी केन्द्रको भागमा परेपछि असन्तुष्ट कांग्रेस कार्यकताहरुले पार्टीको कार्यालय तोडफोड गरेका हुन् । उनीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यकर्ताहरुले तोडफोडपछि कार्यालयका कुर्सी टेबल र पार्टीको झण्डा सडकमा सडकमा निकालेर फ्याकिदिएका छन् ।

कांग्रेसले नगर सचिव अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचार थालेको थियो । तर गठबन्धनका क्रममा माओवादीका सुन्दरमणि सुवेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निणर्य भएपछि बुधबार बिहानैदेखि कांग्रेसका कार्यकर्ता आक्रोशित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *