रिबन

आयोगले आज दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ । उम्मेदवारहरूले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतकाे लागि प्रचारप्रचार गर्न पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *