रिबन

‘जिम्मेवारीमा फर्किएकाे छु, कसैसँग पूर्वाग्रह राख्दिन’- गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएपछि आजबाट राष्ट्रबैकमा फर्किएका हुन् ।

१२ दिनपछि आज कार्यालय फर्किएका गर्भनर अधिकारीले सिस्टमलाई साथ दिएकोले मिडियालाई समेत धन्यावाद दिए । ‘सर्वोच्चबाट सिस्टमको लागि आएका आदेश हो । यहाँहरुले पनि सिस्टमकै बोलिदिनु भा छ। सबैलाइ धन्यवाद र आभार ,व्यक्त गरेर अाफ्नो जिम्मेवारीमा फर्कन चाहन्छु ।’

अब अर्थमन्त्रीसँग काम गर्न सहज हुन्छ कि हुँदैन ? भन्ने पत्रकारकाे प्रश्नमा उनले आफूले कुनै आग्रह पूर्वाग्रह नराख्ने बताए । ‘हामी व्यक्तिभन्दा संस्था नै हौं। गर्भनर राष्ट्र बैंक अर्थमन्त्रालय भनेको संस्था नै हो । विभिन्न घटना परिघटनाले यस्ता स्थितिहरु ल्याउँछ । तर हामीले जिम्मेवारीहरु निर्वाह गरिराख्दा गर्नुपर्ने सम्पर्क समन्वय नियमित रुपमा गछौं पुरा त्यसमा कुनै आग्रह पूर्वाग्रह राख्ने भन्ने हुदैन’ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *