काठमाडौं । विप्लव नेतृत्वको नेकपा आगामी चुनावमा सहभागी नहुने भएको छ ।
महासचिव विप्लवले चुनावलाई उपयोग गर्ने नीतिसहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटिको बैठकमा पेश गरेका थिए । तर विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदन जस्ताका तस्तै पारित हुन भने सकेन ।
चैत ४ गतेबाट कपिलबस्तुमा शुरु भएको नेकपाको केन्द्रीय कमिटिको बैठकले संस्थागत रुपमा चुनावमा सहभागी भएपनि स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टाचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिका बहुमत सदस्य चुनावमा जानुपर्ने महासचिव विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।




