काठमाण्डाैं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी अेालीलाइ चाउरिएकाे नेता भनेका छन।शनिवार स्थानीय तहकाे चुनावकाे प्रचार प्रशारमा कार्यकर्तालाइ सम्वाेधन गर्दै उनले एमालेकाे अस्तित्व संकटमा परेकाे वताएका छन।उलने राष्ट्रियसभा चुनाव देखि प्रदेशकाे नया सरकार वनेकाे अवस्था सम्मलाइ तुलना गरेर एमाले संकटमा परेकाे वताएका हुन।अध्यक्ष नेपालले अबकाे चुनावमा एमाले धुलाेपिठाे हुने वताए।उनले पाच दलिय गठवन्धन बन्ने र एक्लै जित्ने ठाउमा एक्लै चुनाव लडने पनि वताए।उनले कार्यकर्तालाइ चुनावमा परिचालित हुन,संगठन वनाउन निर्देशन पनि दिए।
अध्यक्ष नेपालले भने-हामीले सवैतिर परास्त गरिसक्याैं।ती विचराहरू वर्वराउन थालेका छन,तिनकाे कुनै भविष्य छैन।यसैे तपाइहरू जनताकाे घर घर पुग्नुस।टाेली वनाउनुस।




