राजनीति

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *