राजनीति

एमाले संसदीय दलको बैठकः यी न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक केही बेरमा हुदैछ।

संसद भबन नयाँ बानेश्वरमा सुरु संसदीय दलको बैठक सुरु हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।

एमालेको आज बस्ने संसदीय दलको बैठकमा महाअभियोग प्रस्तावबारे छलफल र सांसदहरुको हस्ताक्षर संकलन गर्ने बताइएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने ध्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्घ एमालेले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको हो ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्घ महाअभियोग प्रस्ताव दर्ता गरिसकेका छन् ।

महाअभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई गत २८ असारमा प्रधानन्यायाधीश जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सदस्य थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *