काठमाण्डाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । एमसिसिलाइ पत्र लेखेकाे भनेर पत्र नै सार्वजनिक भएपछि रक्षात्मक अवस्थामा पुगेका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले पार्टी वैठक यही माघ २८ र २९ गतेका लागि बोलाका हुन ।
कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी, स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो , स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।




