ताजा समाचार

आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *