देश

हर्क साम्पाङको कडा प्रश्न, सरकारमाथि सीमा सुरक्षा र सुशासनमा प्रहार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राज्यको सुरक्षा, सुशासन र जनउत्तरदायित्वमाथि प्रश्न उठाउँदै सरकारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले “जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो?” भन्दै वर्तमान शासनप्रणालीको चरित्रमाथि नै प्रश्न उठाएका हुन्।

उनका अनुसार सरकारले नागरिकको जिउधन सुरक्षा गर्न नसकेको, सीमावर्ती क्षेत्रको संरक्षणमा कमजोरी देखाएको र छिमेकी मुलुकको गतिविधिप्रति मौन बसेको अवस्था गम्भीर चिन्ताको विषय बनेको छ।

मुख्य १० हाइलाइट बुँदा

  1. सरकारप्रति डरको वातावरणको प्रश्न
    “जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो?” भन्दै उनले राज्य र नागरिकबीचको सम्बन्ध नै असन्तुलित भएको आरोप लगाए।
  2. जीउधन सुरक्षा सुनिश्चित गर्न नसकेको दाबी
    नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न सरकार असफल भएको उनले टिप्पणी गरे।
  3. सीमा सुरक्षामा कमजोरी
    सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधिप्रति सरकार मौन रहेको भन्दै उनले कडा प्रश्न उठाए।
  4. छिमेकी देशको निर्माण कार्यबारे स्पष्टता माग
    महाकालीपारि भइरहेको निर्माण कार्यबारे सरकारको धारणा सार्वजनिक गर्नुपर्ने उनले माग गरे।
  5. सरकार ‘मुकदर्शक’ बन्याे 
    राष्ट्रिय हितका विषयमा सरकार निष्क्रिय दर्शक बनेको उनको टिप्पणी थियो।
  6. संसदमा प्रधानमन्त्रीको अनुपस्थितिमाथि प्रश्न
    संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने उनले बताए।
  7. सांसदहरूको उपस्थिति कमजोर भयाे
    संसदमा सांसदहरूको कम उपस्थिति लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक भएको टिप्पणी गरे।
  8. धार्मिक संरचना भत्काइयाे
    मन्दिर, गुम्बा र गिर्जाघर भत्काउने कार्यको कारण स्पष्ट गर्न उनले सरकारसँग माग गरे।
  9. व्यवसायीमा त्रास फैलिइयाे 
    सरकारी गतिविधिका कारण व्यवसायी वर्गमा आतंकको वातावरण सिर्जना भएको उनको दाबी थियो।
  10. निर्वाचन वाचा पूरा नभएको
    “डोजर आए छाती थाप्छु” भन्ने जस्ता चुनावी वाचा पूरा नभएको भन्दै उनले राजनीतिक नैतिकतामाथि प्रश्न उठाए।

साम्पाङको अभिव्यक्तिले सरकारको सुरक्षा नीति, प्रशासनिक शैली र राजनीतिक उत्तरदायित्वमाथि पुनः बहस चर्काएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *