मुख्य समाचार

पहिलो डोज कोभिशिल्ड खोप लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दोश्रो डोज खोप लगाउन सर्वोच्चले दियो अन्तिरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले जेष्ठ नागरिकलाई कोरोना भाइरसको दोश्रो डोज तत्काल लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

पहिलो डोज कोभिशिल्ड भ्याक्सिन लगाएका ६५ वर्ष उमेर नाघेकाल जेष्ठ नागरिकाहरुलाई तत्काल दोश्रो डोज भ्याक्सिन लागाउन अन्तरिम आदेश दिएको हो । न्यायधीश ईश्वार खतिवडाको इजलाशले अन्तरिम अदेश जारी गरेको हो ।

चिरन्जीवी बासुरीलागायत तीन जना जेष्ठ नागरिकाले दायर गरेको रिट निवेदनमा अधिवक्त कीर्तिना शर्मा पौडेल, विकास भट्टराई, अनिता गौतम पौडेल लगायतले बहस गरेका थिए । रिट निवेदनमा संविधानले दिएको मौलकि हक अनुसार जेष्ठ नागरिकलाई सम्मान जनक व्यवहार नभएको समेत दाबी गरिएकाे थियाे ।

पहिलो डोज कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका साढे १३ लाख जेष्ठ नागरिका दोश्रो डोज खोप सेवाबाट विञ्चित भएको बहसमा सहभागी अधिवक्ता कीर्तिनाथ शर्माले बताए । पहिलो डोज लगाएको १२ साताभित्र दोश्रो डोज खोप लगाइसक्नु पर्ने स्वास्थ्य मापदण्ड छ । स्वास्थ्यको मापदण्ड अनुसार फागुन २३ गते पहिलो डोज लगाएका जेष्ठ नागरिकहरुले जेठ १५ गतेसम्म दोश्रो डोज खोप लगाइ सक्नु पार्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *