रिबन

दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक, भारतले सीमा विवादबारे नेपालसँग वार्ता नगर्ने

काठमाडौँ । नेपाल र भारतबीच आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक बस्दैछ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज हैदराबाद हाउसमा बस्ने संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

दुवै देशका परराष्ट्रमन्त्रीबीच बिहान ११ बजे भेटवार्ताको समय तय भएको छ । ज्ञवाली र जयशंकरबीच आधा घन्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने कार्यसूची दुई दिनअघि नै सार्वजनिक भएको छ । तर, भारतले सीमा विवादको विषयमा छलफल नगर्ने भएको छ ।

भारतीय पक्षले बिहीबार सार्वजनिक गरेको बैठकका कार्यसूचीअनुसार २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । प्रधानमन्त्री केपी ओलीले केही दिनअघि जी न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री नयाँ दिल्ली जाँदै गरेको र सीमा विवादबारे छलफल हुने बताएका थिए । तर, भारतले भने यसबारे केही बताएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *