रिबन

निर्वाचन आयोगमा ओली र प्रचण्ड समूहको दाबी, चुनाव चिन्ह सूर्य र नेकपा हाम्रै हो

काठमाडौं । सत्तारुढ नेकपा विभाजन राजनीतिक रूपमा विभाजन भए पनि कानुनी रूपमा एउटै छन् । अब भने नेकपाको दुवै समूहले पार्टीको आधिकारिकता र चुनाव चिन्हमा दाबी गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सोमबार आयोग पुगेर पार्टीको नाम र चुनाव चिन्ह आफ्नो भएको दाबी मात्र गरेन, आमनिर्वाचनको तयारी रोक्नसमेत माग गरेको थियो । त्यसको काउन्टर दिन मंगलबार ओली समूहको नेकपा पनि निर्वाचन आयोग पुगेको छ ।

मंगलबार नेकपाका नेता सुवासचन्द्र नेम्वाङ आयोग पुगेर चुनाव चिन्ह र पार्टीको आधिकारिकता दाबी गरेको हो । नेता नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन् । ‘हामी नै नेकपा हौँ, सूर्य चिह्न हामीले पाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

प्रचण्ड–नेपालले आयोगका पदाधिकारीलाई भेटेर बिनाआग्रह, पूर्वाग्रह दलसम्बन्धी ऐन र विधानका आधारमा विषय निरुपण गर्न सुझाव दिएका थिए । उनीहरूले नेकपाको ४३४ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत आफ्नो पक्षमा रहेको जिकिर गरेको छ ।

ओली समूहले भने केन्द्रीय सदस्यको संख्या बढाएर एक हजार ५०१ पु-याएको छ । अब दुवै पक्षले चुनाव चिन्ह र नाममा दाबी गरेपछि आयोगलाई अध्ययन गरी निर्णयमा पुग्न सजिलो भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *