रिबन

बाबुराम भट्टराईको अर्थपूर्ण सक्रियता

काठमाडौं । जनता समाजवादी पार्टीका संघी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सक्रियता निकै बढेको छ । खासगरी प्रधानमन्त्री केपी ओलीलाई खुइल्याउने र उनका हरेक क्रियाकलापविरुद्ध बाबुरामले प्रहार गर्दै आएका छन् ।

सत्तारुढ दल नेकपा विभाजित भएपछि बाबुराम निकै दंग भएका छन् । पूर्वमाओवादी पक्ष नेकपाबाट बाहिरिएपछि अहिले उनले सो समूहका नेतासँग सम्बन्ध अघि बढाएका छन् ।
यसैक्रममा नेकपा अध्यक्ष माधवकुमार नेपाललाई बाबुरामले भेट गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर उनले भेट गरेका हुन् । बिहीबार साँझ साढे ६ बजे कोटेश्वर पुगेका भट्टराई र नेपालबीच करिब दुई घण्टा कुराकानी भएको थियो । उनीहरुबीच प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमविरुद्ध मिलेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।

पार्टी विभाजन भएपछि भट्टराई पहिलो पटक नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । नेपाल सचिवालयले भट्टराई कोटेश्वरमा पुगेको पुष्टि गरेको छ । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी खोलेका भट्टराई प्रचण्डका पनि खरो आलोचक हुन् ।

अध्यक्ष नेपालसँग ओलीले चालेको कदविरुद्ध संयुक्त मोर्चा बनाएर जाने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । ओलीको कदमलाई बेलैमा नरोके अझ संकटपूर्ण अवस्था आउने बताउँदै भट्टराईले संयुक्त मोर्चाका लागि नेकपाले कार्ययोजना बनाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

बुधबारमात्रै नेकपाले आयोजना गरेको अन्तरक्रियामा दलहरुबीच अविश्वास रहेको बताउँदै संयुक्त मोर्चा बनाएर जान नसकिने संकेत गरेका थिए । उनले ओली इमानदार शासक भएको बताउदै उनीविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ नभई संविधान र व्यवस्थामाथि ‘कू’ गरेको तर्क गरेका हुन् । भट्टराईले प्रधानमन्त्री ओली इमानदार शासक रहेको बताउँदै प्रधानमन्त्री ओलीले गरेको ‘कू’ २०१७ सालमा राजा महेन्द्र र २०६०/०६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कू’ जस्तै भएको दावीसमेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *