काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कटाक्ष गरेका छन् । संविधानमाथि कू हुँदा पनि चुइँक्क बोल्न नसकेको र प्रश्नबाट भागेको आरोप लगाएका छन् ।
नेता थापाले संविधान बनाउने बेला नेम्वाङलाई सबै विषय थाहा हुँदा पनि यस्तो निरीहता देखेर दया लागेको उनको भनाइ छ । बुधबार बिहान सामाजिक सञ्जालमार्फत थापाले नेम्वाङको आलोचना गरेका हुन् । उनले लेखेका छन्–
प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभा, समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।
अपmसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कु’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरीहता’ देख्दा दया लागेको छ।
संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।




