समाचार

प्रचण्ड भेट्न खुमलटार पुग्यो चिनियाँ टोली

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

चिनियाँ टोली सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग राति नै अलग–अलग भेटवार्ता गरेको थियो ।

संसद् विघटन र नेकपा विभाजनको विषयमा कुराकानी गर्न चिनियाँ टोली नेपाल आएको हो । सो टोलीलाई कसले आमन्त्रण गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *