रिबन

निर्वाचन आयोग पुगेर प्रचण्ड नेपाल नेकपाद्वारा सूर्य चिन्हमा दाबी, योगेशले दिए चेतावनी

काठमाडौं । नेकपाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । आयोगमा पुगेर बहुमत केन्द्रीय सदस्य आफूतिर रहेको भन्दै सो समूहले नेकपा र चुनाव चिन्ह सूर्य आफूले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ ।

पत्रमा २ सय ९७ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर रहेको प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन् ।

आयोग पुग्नुअघि आयोजित कोणसभामा नेकपा नेता योगेश भट्टराईले पार्टीको आधिकारिक नाम नेकपा र चुनाव चिन्ह आफ्नो रहेको भन्दै आँखा नलगाउन बालुवाटारलाई चेतावनी दिएका थिए । प्रचण्ड नेपाल समूहले पार्टी नाम र चुनाव चिन्हमा दाबी गरेपछि अब कानुनी लडाइँ सुरु भएको छ ।

शुक्रबार प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद् विघटनविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *