राजनीति

विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको सुरक्षामा ध्यान दिन सभामुखको सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको सुरक्षामा गम्भीर ध्यान दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्। सभामुख घिमिरेले भारतमा दोस्रो पटक मृत अवस्थामा भेटिएकाले उनको छानबिन गर्न समेत आग्रह गरेका छन् । सो बैठकमा सांसदहरुले भारतमा दोस्रो पटक भएको नेपाली विद्यार्थीको घटनाप्रकरणका बारेमा छानबिन नर्ग सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

संसदको बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भइरहेका बेला सभामुख घिमिरेले नेपाली युवाहरु ठूलो संख्यामा उच्च शिक्षा हासिल गर्न विदेश जाने गरेको र पछिल्लो समय उनीहरु विविध समस्यामा पर्न थालेकोप्रति चिन्ता व्यक्त गरे।

उनले सरकार र कूटनीतिक निकायहरूले विदेशमा रहेका नेपाली विद्यार्थीहरूको हित संरक्षणमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। शिक्षा मात्र होइन, उनीहरूको ज्यान र भबिष्य पनि जोगाउन राज्यको उत्तरदायित्व हो,ू सभामुख घिमिरेले भने, यसमा तत्काल ध्यान दिन जरुरी छ।ू

सभामुखले सांसदहरूलाई नीति तथा कार्यक्रममाथि सुझाव राख्ने क्रममा यस्ता ज्वलन्त विषयमा पनि आवाज उठाउन आग्रह गरे।

यसैबीच, संसदमा नीति तथा कार्यक्रममाथिको बहस प्रारम्भ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्न थालेका छन्। संसद सचिवालयका अनुसार सांसदहरूको सुझावलाई आगामी बजेट निर्माणका क्रममा मार्गदर्शनको रूपमा लिने सरकारको तयारी छ।

लोकतान्त्रिक अभ्यासको दृष्टिले यो छलफल महत्वपूर्ण मानिएको छ। विद्यार्थी सुरक्षाको विषयसँगै सांसदहरूले वैदेशिक रोजगार, शिक्षा प्रणाली, राष्ट्रिय सुरक्षालगायत विविध विषयमा पनि आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *