
काठमाडौं । सरकारका प्रतिनिधि अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताए । उनले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ । समिति र उपसमितिका बैठकमा विपक्षीहरू उपस्थित भएपनि सरकारका प्रतिनिधि उपस्थित नहुन संसद बैठकमा सरकारको मनपरी चलेको उनले बताए ।