राजनीति

उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गरेको माओवादीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो ।

‘अहिलेको (उपनिर्वाचन) नतिजा दुई दलीय व्यवस्थातिर जुन सोचिरहेका थिए, त्यसलाई खण्डित गरेको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उपनिर्वाचनबाट सिट बढ्नुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको अनुमोदन भएको पनि निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *