राजनीति

नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गते सुरु हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले भने,‘दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *