काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन् ।
अर्यालले आज अपराह्न साढे पाँच बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।




