राजनीति

समयमा नै स्थगित बन्दसत्र तोकिएको समयमा गर्न माग गर्दै माओवादी मुख्यालयमा आमरण अनसन

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेताहरु पार्टी मुख्यालय, पेरिसडाँडामा आमरण अनसन बसेका छन् । क्रान्तिकारीको स्थगित बन्दसत्र तोकिएकै मितिमा गर्नुपर्ने माग राख्दै उनीहरु अनसनमा बसेका हुन् ।

क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र आगामी २३ गते गर्नुपर्ने माग राखेर उनीहरु आमरण अनसन बसेका हुन् । । निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम् कार्यालय प्रमुख केशव रावलसहित पूर्वकेन्द्रीय सदस्य जनक ढुंगाना र खगेन्द्र रावल आमरण अनसनमा बसेका छन् ।

बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न निर्देशन दिए पनि अहिलेसम्म पार्टीले कुनै सर्कुलर तयार गर्न नसकेको उनीहरुको गुनासो रहेको छ ।

स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्नुपर्ने र नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुनुपर्ने अनसनरत विद्यार्थीहरुको माग छ । गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा शुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयनमा समस्याका कारण स्थगित गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *