काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पाँचौ पटक विश्वासको मत लिने क्रममा संसद बैठकमा नै भकानिएका छन् ।
शुक्रबार संसदबाट संसदबाट विश्वाको मत माग्दै प्रधानमन्त्री प्रचण्डले चौथो पटकसम्म विश्वासको मत पाएको तर आज विश्वासको मत नपाउने हो की भन्दै प्रचण्ड भकानिएका हुन् । सत्तामा रहेर प्रधानमन्त्री प्रचण्डले अविश्वासको राजनीति गरेपछि सरकारमा सामेल रहेका दलहरुले पालैपालो समर्थन फिर्ता गर्नु परेको थियो ।
नेपाली कांग्रेस र एमालेको सरकार बन्ने पक्का भएपछि प्रधानमन्त्री प्रचण्डले अब आफूले विश्वासको मत नपाए अब बन्ने सरकारले देशको रक्षा गर्दै लोकतान्त्रिक संविधानको रक्षा गर्नुपर्ने बताए । आजबाट प्रधानमन्त्रीको रुपमा रहेका प्रधानमन्त्री सरकारबाट विदाइ हुँदैछन् । कांग्रेस र एमालेको सहमति अनुसार अबको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्नेछन् ।




