काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । २६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्त्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।




