काठमाडौं । नेता राजेन्द्र महतोले नयाँ अभियानको घोषणा गरेका छन् । आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन् । बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको उनको दावी छ ।
राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्दै महतोले लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरले सबैले सामेल हुन पाउने बताएका छन् । उनले अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गनै सबै पाटीको साथ र सहयोगको आवश्यकता समेत परेको उल्लेख गरेका छन् । लोसपामा यसअघि लोसपामा वरिष्ठ नेताका रुपमा परिचित रहेका थिए ।
लोपपामा रहँदा वरिष्ठ नेता समेत रहेका महतोले अध्यक्ष महन्थ ठाकुरसंग केही समयअघिदेखी पदाधिकारी चयनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका थिए । उनले मंसिरको केन्द्रीय समितिमा समेत सहभागिता जनाएका थिएनन् ।




