काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।
सांसद शर्माले प्रधानमन्त्री प्रचण्डलाई रुसी सेनामा फसेका नेपालीहरुको उद्धारका लागि प्रस्ताव राखे पनि सुनुवाई नभएको भन्दै गृहमन्त्री श्रेष्ठलाई तत्काल वेपत्तामा परेकाहरुको उद्धार गर्न ध्यानाकर्षण गराएका हुन् । उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
कोभिडपछि नेपाल भारतबीच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका संचालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा समेत ठूलो असर पर्न गएको उनले बताए । उनका अनुसार सरकारले नेपाल र भारबीचमा रहेको काँकडभिट्टा नाका सँचालनमा ल्याउन पहल गर्नुपर्ने बताए ।




