मुख्य समाचार

नाम सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्ड

युगाण्डा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा सहभागी हुनु अघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीहरुसँग भेट गरेका थिए । भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउँदै यहाँ रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *