काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरू जनताको प्रगति र देशको परिवर्तनका लागि नभई आगामी २०८४ को निर्वाचन केन्द्रित भएर ठूला ठुला बेलुन जस्ता कुरा लिएर जनतामाझ गएको बताएका छन् ।
माओवादी केन्द्रले शनिबारदेखी देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले नयाँ अभियान सञ्चालनमा गरेको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने भन्दै संचालन गरेको अभियान त्यती जनताको प्रगतिका लागि लाभदायिक नभई पाटीको संगठन बलियो बनाउने अभियान बाहेक अन्य नभएको भट्टराईको भनाइ छ ।
माओवादीले सँचालन गरेको रुपान्तरणको अभियानले जनताको सामाजिक आर्थिक विकासमा टेवा नपुर्याउने र पाटीलाई रुपान्तरण गर्ने उदेश्य रहेको उनले बताए । भट्टराईले सामाजिक सँजालमा एक पोष्ट गर्दै सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे, केही पूराना दल र नेता राज्य सत्ताको चरम दोहन ,भागबन्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता(नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासितालगायत दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तैउस्तै भएन र भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।
नेपालका राजनैतिक दलहरुले जनताको मुटुमा दाग लगाएर निर्वाचनमा विजय हासिल गर्ने उदेश्यले जनतामा लागेको दागको मलम लगाउँदै निर्वाचन लक्षित कार्यक्रमहरु आयोजना गर्दै आएको उनले बताएका छन् । पाटीका यस्ता क्रियाकलापले जनता र देशको विकासमा टेवा नपुग्ने उनको दाबी छ ।




