राजनीति

गलत नेतृत्व र व्यवस्थाको कारणले देश बन्न सकेन :राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजनैतिक दलहरुको गलत नेतृत्व र व्यावस्थाका कारण देशको विकास समयमा हुन नसकेको बताएका छन् । उनले सोमबार नेपालभन्दा बाह्य देश दुबईमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

यस्तै उनले धरानमा भएको घटनाका विषयमा सरकारले केही नबोलेको समेत आरोप लगाए । नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोबेला नेपालमा सबै जातिबीच सम्बन्ध कायम गर्नका लागि सरकारले कुनै कदम नचालेको समेत उनले चिन्ता व्यक्त गरे । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिदैँ आएका छन् ।

राप्रपा एजेन्डा भनेको नै नेपाललाई हिन्दुराज्य कायम गर्ने, प्रदेश सरकार खारेज गर्ने र नेपालमा राजतन्त्र स्थापना गर्ने रहेको छ । नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा उनको जोड रहेको छ । धर्मको राजनीति राप्रपाले नगरेको भएर धर्मनिरपेक्षता बनाउनेले कायम गरेको उनको दाबी छ ।

अध्यक्ष लिङदेन लिम्बु किँराती धर्मावलम्बी भए पनि जन्म कर्म हिन्दु रहेकाले हिन्दु राज्य कायमा गर्ने एजेन्डामा लागेको उनको भनाइ छ । उनले हिन्दुराज्य कायमा गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको समेत बताएका छन् ।

लिङदेनले हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परामा गोरु काटेर खाएर सामाजिक संजालमा पोष्ट गर्दा समेत सरकारले अहिलेसम्म गोरु काटेर खानेलाई नियन्त्रण लिन सकेको छैन् । यस्तो अवस्थामा सरकारले अपराधिलाई उन्मुक्ति दिनु सकरात्मक नरहेको बताउँदै उनले कानुन सबैका लागि बराबरी रहेको बताउँदै सरकारले यस्तो अवस्थामा रमिता हेरेर बस्न नहुने बताए ।

नेपालको संविधानमा उल्लेख गरिएको कानुनविपरित काम गर्नेलाई सरकारले कारबाही नगर्नाले सरकारले उक्त घटनालाई मलजल गरेको आरोप लगाएका छन् । यस विषयमा धर्मनिरपेक्षता बनाउनेको संलग्ता रहेको उनको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *