राजनीति

सिंहदरबारमा संसद अवरोध हटाउने विषयमा शिर्ष नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसद अवरोध हटाउने विषयमा सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल सुरु गरेका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संघीय संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि संसद्को अवरोध हटाउन पहल गरिरहेका छन् । राष्ट्रपति पौडेलले यस अघि प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *